फिजी र टोंगालगायतका मुलुकमा ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी « Khabarhub

फिजी र टोंगालगायतका मुलुकमा ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुभा–ं न्यूजिल्याण्ड, फिजी र टोंगासमेत केही देशहरुमा विशाल ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी दिइएको छ । यो ज्वालामुखी विस्फोट समुद्रमा भएको बीबीसीले जनाएको छ ।

टोंगाबाट सामाजिक सञ्जालमा आइरहेका तस्वीहरुमा पानीको लहर चर्च र घरहरुमाथि पुगेको देखिएको छ । प्रत्यक्षदर्शीले टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्केको खरानी जताततै देखिएको बताएका छन् । राजधानी वासीहरुलाई अग्लो स्थानमा जान अपील गरिएको छ ।

हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा पछिल्लो विस्फोट हो ।

उता, फिजीको राजधानी सुभाका अधिकारीहरुले ५०० मिल टाढाको विस्फोटको आवाज ८ मिनेटसम्म सुनेको बताएका छन् ।

टोंगाको भूगर्भ विभागले ज्वालामुखीबाट निस्केको ग्यास, धुँवा र बादल अकाशमा २० किलोमिटरको उँचाइसम्म पुगेको बताएको छ । टोंगाको राजधानी हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट मात्र ६५ किलोमिटर टाढा छ ।

अष्ट्रेलियाको मौसम विभागले १.२ मिटर उँचाइसम्म सूनामी आएको बताएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीबाट २ हजार ३ सय किलोमिटर टाढाको न्यूजिल्याण्डमा पनि सूनामी आउने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ३ : ५९ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर