प्रहरीको प्रश्न- हजुरको मास्क खोइ ? « Khabarhub

प्रहरीको प्रश्न- हजुरको मास्क खोइ ?


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँची जिल्लामा सम्भावित कोभिड जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।

आधा दर्जन तल झरेको सक्रिय संक्रमितको संख्या उकालो लागेर दुई दर्जन पुग्न थालेपछि स्वास्थ्य सचेतना फैलाउँदै प्रहरी घरघरमा जान सुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अनिवार्य खोप लगाउन आग्रह गर्दै प्रहरी चोक चोकमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।

अनावश्यक रूपमा बजारमा हिँडडुल नगर्न तथा हिँड्नुपर्ने अवस्था आए स्वास्थ्य सावधानीको साथ अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको शाहले जानकारी दिए ।

हाल दिनानुदिन दिन बढ्दै गई रहेको ओमिक्रोन तथा कोभिड १९ को संक्रमणबाट बच्नको लागी अनिवार्य रूपमा कोभिड सम्बन्धी खोप लगाऔं, माक्सको प्रयोग गरौँ, सामाजिक दूरी कायम गरौँ, अनावश्यक रूपमा हिँडडुल नगरी पूर्ण रूपमा स्वास्थ्य मापड्ण्डको पालना गरौँ, जस्ता नाराहरू उल्लेखित प्लाकार्डसहित बजार परिक्रमा गरेको प्रहरी टोलीले आज करिब ५ सय जनालाई मास्क वितरण गरेको थियो ।

अर्घाखाँची जिल्लामा आउन सक्ने सम्भावित जोखिमलाई निरुत्साहित गर्न आफूहरूले सक्रियता थालेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमरबहादुर थापाले जानकारी दिए ।

हाल अर्घाखाँचीमा २३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ०० बजे

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम