विश्वभर २४ घण्टामा २५ लाखले जिते कोरोना « Khabarhub

विश्वभर २४ घण्टामा २५ लाखले जिते कोरोना

कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको भएका छन्।

पछिल्ला दिनमा विश्वभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले विश्वभर ७ करोड २३ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा थपिएका १४ लाख संक्रमितसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ३६ लाख पुगेको छ। जसमध्ये ३३ करोड ५४ लाख निको भइसकेका छन् भने ५ लाख ४२ हजारको मृत्यु भएको छ। गत २४ घण्टामा मात्रै ७ हजारको मृत्यु भएको छ।

नेपालको अवस्था ?

नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण थपिएको छ। ८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

६ हजार २७९ जनाको पीसीआर र २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट ४८२ र एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा २ हजार ३१९ जनाले कोरोनालाई जितेका छन्।

२४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० पुगेको छ। अहिले देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : ०६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन