घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध « Khabarhub

घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घडेरी सम्याएको माटो थुप्रोले ग्रामिण सडक छेकिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा घडेरी सम्याउँदा निस्किएको माटोको थुप्रोले जयराम–गोपीटार–गुर्दुम, निङ्लाम(झापा–दाम्ली सडक छेकिएको हो । जयरामका एक स्थानीयको घडेरी सम्याएको माटो सो सडकको जिरो प्वइन्टमा थुपारेर सडक पुरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

जयराम–गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्ली सडकको जिरो प्वइन्ट स्थानीय मुनाल कार्कीको जग्गामा पर्छ जुन मध्यपहाडी लोकमार्गकै किनारामा रहेको छ । तर हाल सो सडकलाई बन्द गर्नेरगराउने नियतकै साथ सडकको जिरो प्वइन्टमा माटो थुपारिएको स्थानीय बताउँछन् ।

जयरामस्थित दुधकोसीमा स्थायी पुल बन्नुअघि बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । त्योबेला सोही कच्ची सडकबाट बेलिब्रिजमा पुगिन्थ्यो । सो सडकलाई नदीको गिटी बालुवा निकासीका लागि पनि उपयोग गरिएको थियो । २०६९ सालतिर सोही सडकलाई दुधकोसी किनारबाट गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्लीसम्म विस्तार गरिएको वडाध्यक्ष राईले बताए ।

हाल हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा र डिकुवाका स्थानीयले उपयोग गर्दै आएको सडकको मुखमा गत माघ अन्तिम साता माटो थुपारेर अवरोध गरिएको हो । थुपारिएको माटो हटाएर सडक खुलाइदिन भन्दै स्थानीय टेकमान राई, रविन राई, लगन राई, सिर्जना राई, चन्द्रबहादुर राई लगायतको १० जनाको टोलीले २ माघमा नगरपालिकामा निवेदन दिएका छन् ।

उनीहरुले अवरुद्ध सडक तत्काल खुलाएर जयरामघुम्ती–गोपीटार–झापा–चंखेपु–कुर्ले सडक विस्तारका लागि समेत बजेट माग गरेका छन् । सो सडकलाई सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायको खोजी सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ०० बजे

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन