ए डिभिजन लिगः फ्रेन्ड्स र जावलाखेलबीचको खेल बराबरीमा सकियो « Khabarhub

ए डिभिजन लिगः फ्रेन्ड्स र जावलाखेलबीचको खेल बराबरीमा सकियो


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको फ्रेन्डस् र जावलाखेलबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । बराबरीसँगै भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३–० को अग्रता बनाएको जावलाखेल अंक बाँड्न बाध्य भएको हो ।

जावलाखेल ११ खेलबाट १० अंकका ११ औँ स्थानमा रहेको छ । यता, फ्रेन्ड्स भने सात अंकसहित १३ औँ स्थानमा झरेको छ । जावलाखेलको जितमा लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुपबहादुर लामाले एक गोल गरे ।

फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबबीचको खेल पनि बिनागोल बराबरीमा सकियो ।

जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ । लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : १५ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र