कंगोमा विद्रोही समुहको आक्रमणबाट १५ जनाको मृत्यु « Khabarhub

कंगोमा विद्रोही समुहको आक्रमणबाट १५ जनाको मृत्यु


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कंगोको उत्तरमा पर्ने इटुरी प्रान्तको एक गाउँमा विद्रोही समुहको आक्रमणले १५ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

विद्रोहीले इटुरी प्रान्तको अबरकोजो गाउँका स्थानीयबासीलाई बन्दुक र चक्कु प्रहार गरेर हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्रोहीले स्थानीयका घरमा आगो पनि लगाइदिएको त्यस क्षेत्रका प्रमुख इन्सेन्ट मातुकादलाले बताए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । आक्रमण विद्रोही समुह (सीओडीइसीओ ) मिलिशियाले गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सो समुह कंगोको उत्तरमा सक्रिय उग्रवादी समुह मध्ये एक हो । यस महिनाको सुरुमा पनि सो समुहले इटुरी प्रान्तको अस्थायी शिविरमा आक्रमण गर्दा ६० जना सर्वसाधारण मारिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ४९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन