आज २०७८ साल चैत १ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल चैत १ गते मंगलबारको राशिफल


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत १ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १ गते मंगलबार

मेष : दिन सामान्य राम्रो छ। लाभ मिल्नेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। प्रेममा धोका हुनेछ।

वृष : दिन सामान्य राम्रो छ। बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। प्रेममा धोका मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धन लाभ हुनेछ। प्रधिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। आज दक्षिणतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

कर्कट : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दिन सामान्य छ। शत्रु नाश हुनेछ। राजनीतिमा असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ।

कन्या : दिन धेरै राम्रो छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। अन्य क्षेत्र भने सामान्य रहेको छ।

तुला : दिन सामान्य राम्रो छ। आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ। स्वास्थ्यमा भने समस्या आउने देखिएको छ।

धनु : दिन सामान्य छ। प्रभाव बढ्नेछ। अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ। प्रेममा भने धोका मिल्नेछ।

मकर : दिन निकै राम्रो छ। काममा सफलता मिल्नेछ। नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्

कुम्भ : दिन सामान्य छ। कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। नयाँ काममा भने हात नहालेकै राम्रो। राजनीति, सामाजिक, वैदेशिक, आर्थिक क्षेत्रहरु यथास्थितिमा छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मिन : दिन राम्रो छ। आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ। आफन्तबाट भने जोगिनुपर्नेछ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : १९ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर