आज २०७८ साल चैत १ गते मंगलबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत १ गते मंगलबारको राशिफल


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत १ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १ गते मंगलबार

मेष : दिन सामान्य राम्रो छ। लाभ मिल्नेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। प्रेममा धोका हुनेछ।

वृष : दिन सामान्य राम्रो छ। बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। प्रेममा धोका मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। धन लाभ हुनेछ। प्रधिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। आज दक्षिणतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

कर्कट : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दिन सामान्य छ। शत्रु नाश हुनेछ। राजनीतिमा असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ।

कन्या : दिन धेरै राम्रो छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। अन्य क्षेत्र भने सामान्य रहेको छ।

तुला : दिन सामान्य राम्रो छ। आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ। स्वास्थ्यमा भने समस्या आउने देखिएको छ।

धनु : दिन सामान्य छ। प्रभाव बढ्नेछ। अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ। प्रेममा भने धोका मिल्नेछ।

मकर : दिन निकै राम्रो छ। काममा सफलता मिल्नेछ। नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्

कुम्भ : दिन सामान्य छ। कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। नयाँ काममा भने हात नहालेकै राम्रो। राजनीति, सामाजिक, वैदेशिक, आर्थिक क्षेत्रहरु यथास्थितिमा छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मिन : दिन राम्रो छ। आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ। आफन्तबाट भने जोगिनुपर्नेछ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : १९ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा