युक्रेनमा फक्स न्युजका बेलायती पत्रकार घाइते « Khabarhub

युक्रेनमा फक्स न्युजका बेलायती पत्रकार घाइते


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजमा काम गर्ने बेलायती पत्रकार घाइते भएका छन् । राजधानी किभबाहिर समाचार संकलन गरिरहेका फक्स न्युजका बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको फक्स न्युजले जनाएको छ ।

फक्स न्युजका मध्यान्ह समयका समाचार प्रस्तोता जोन रोबर्ट्स ले दिएको जानकारीअनुसार घटनाको पूर्ण विवरण आइसकेको छैन । हललाई उपचारका लागि अस्पताल भर्ना गरिएको फक्स न्युजले जनाएको छ । फक्स न्युजकी प्रमुख कार्यकारी सुजन स्कटले घटनाको न्यून स्तरमा विवरण प्राप्त भएको भन्दै उनका लागि प्रार्थाना गर्न आह्वान गरेकी छिन् ।

युक्रेनी गृहमन्त्रालयका सल्लाहकार आन्टोन गेराशचेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै हलको अवस्था गम्भीर रहेको जनाएका छन् । यद्यपि उनको साथमा रहेका भनिएका क्यामेरापर्सन र समाचार उत्पादकको अवस्थाबारे युक्रेनी अधिकारीहरु जानकार नरहेको गेराशचेन्कोको भनाइ छ ।

हल र उनको समाचार संकलन गर्ने टिम राजधानी किभबाट २० किलोमिटर टाढा पर्ने इरपिन शहरमा रुसी रकेट हमलामा चपेटामा परेको हुनसक्ने बताइएको छ ।

३९ वर्षीय हलले सन् २०१५ मा फक्स न्युजमा काम थालेयता ‘अमेरिकी विदेश मन्त्रालयको संवाददाता’ को रुपमा खटिएका थिए । त्यसयता उनी मध्यपूर्व र अरु द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समाचार संकलन गर्दै आएका थिए ।

यसअघि आइतबारमात्रै न्युयोर्क टाइम्समा कार्यरत अमेरिकी पत्रकार ब्रेन्ट रेनडको इरपिन शहरमा गोली हानी हत्या गरिएको थियो ।

(बीबीसीबाट) 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : ०९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस