युक्रेनमा फक्स न्युजका बेलायती पत्रकार घाइते « Khabarhub

युक्रेनमा फक्स न्युजका बेलायती पत्रकार घाइते


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजमा काम गर्ने बेलायती पत्रकार घाइते भएका छन् । राजधानी किभबाहिर समाचार संकलन गरिरहेका फक्स न्युजका बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको फक्स न्युजले जनाएको छ ।

फक्स न्युजका मध्यान्ह समयका समाचार प्रस्तोता जोन रोबर्ट्स ले दिएको जानकारीअनुसार घटनाको पूर्ण विवरण आइसकेको छैन । हललाई उपचारका लागि अस्पताल भर्ना गरिएको फक्स न्युजले जनाएको छ । फक्स न्युजकी प्रमुख कार्यकारी सुजन स्कटले घटनाको न्यून स्तरमा विवरण प्राप्त भएको भन्दै उनका लागि प्रार्थाना गर्न आह्वान गरेकी छिन् ।

युक्रेनी गृहमन्त्रालयका सल्लाहकार आन्टोन गेराशचेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा पोष्ट गर्दै हलको अवस्था गम्भीर रहेको जनाएका छन् । यद्यपि उनको साथमा रहेका भनिएका क्यामेरापर्सन र समाचार उत्पादकको अवस्थाबारे युक्रेनी अधिकारीहरु जानकार नरहेको गेराशचेन्कोको भनाइ छ ।

हल र उनको समाचार संकलन गर्ने टिम राजधानी किभबाट २० किलोमिटर टाढा पर्ने इरपिन शहरमा रुसी रकेट हमलामा चपेटामा परेको हुनसक्ने बताइएको छ ।

३९ वर्षीय हलले सन् २०१५ मा फक्स न्युजमा काम थालेयता ‘अमेरिकी विदेश मन्त्रालयको संवाददाता’ को रुपमा खटिएका थिए । त्यसयता उनी मध्यपूर्व र अरु द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समाचार संकलन गर्दै आएका थिए ।

यसअघि आइतबारमात्रै न्युयोर्क टाइम्समा कार्यरत अमेरिकी पत्रकार ब्रेन्ट रेनडको इरपिन शहरमा गोली हानी हत्या गरिएको थियो ।

(बीबीसीबाट) 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : ०९ बजे

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका