३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती नष्ट « Khabarhub

३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती नष्ट


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

यसैगरी मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अफिम खेती आइतबार प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ५१ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी