ग्याङका नाइकेको गिरफ्तारीपछि मेक्सिकोको अमेरिकी नियोगमा गोली प्रहार « Khabarhub

ग्याङका नाइकेको गिरफ्तारीपछि मेक्सिकोको अमेरिकी नियोगमा गोली प्रहार


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेक्सिकोमा रहेको अमेरिकी नियोगमा गोली प्रहार भएको छ । अमेरिकाको सीमानजिक रहेको मेक्सिकन शहर नुएभो लारेडोस्थित अमेरिकी नियोगमा गोली प्रहार भएको हो ।

स्थानीय आपराधिक ग्याङका नाइके हुआन जेरार्डो ट्रेभिनोलाई पक्राउ गरिएलगत्तै सो शहरमा हिंसात्मक घटना भएको जनाइएको छ । उनीमाथि लागूऔषध तस्करी, सम्पत्ति शुद्धिकरण, हत्या, आतंकवाद र अन्य अपराधको अभियोग लगाइएको र उनको अमेरिकातर्फ सुपुर्दगी समेत हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नियोगमा गोली प्रहार भएपछि सोमबार केही समयका लागि नियोगको कार्यालय बन्द समेत गर्नुपरेको जनाइएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै उक्त नियोगले सो क्षेत्रमा आकस्मिक घटनाको विकास भएको भन्दै अमेरिकी नागरिकलाई सुरक्षित रहन समेत आह्वान गरेको छ ।

ग्याङका नाइकेलाई गिरफ्तार गरेपछि उनका समर्थकरुले शहरमा हिंसा मच्चाएको र घटनामा एक जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ३३ बजे

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको