रुस र युक्रेनबीच दैनिक वार्ता भइरहेको छ – रुसी वार्ता टोली प्रमुख | Khabarhub Khabarhub

रुस र युक्रेनबीच दैनिक वार्ता भइरहेको छ – रुसी वार्ता टोली प्रमुख


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको खुलासा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको जनाएका हुन् ।

यद्यपि वार्ताका क्रममा ठोस निष्कर्ष भने ननिस्किएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेन्डाअनुसार वार्ता गरिरहेका छौँ ।’

युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । जसका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने २५ लाख भन्दा धेरै शरणार्थी बनेर विदेश पलायन हुन बाध्य छन् । त्यसबाहेक युक्रेनका भौतिक पूर्वाधारका संरचनाहरू पनि ध्वस्त भएका छन् । तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ३१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’