रुस र युक्रेनबीच दैनिक वार्ता भइरहेको छ – रुसी वार्ता टोली प्रमुख « Khabarhub

रुस र युक्रेनबीच दैनिक वार्ता भइरहेको छ – रुसी वार्ता टोली प्रमुख


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको खुलासा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको जनाएका हुन् ।

यद्यपि वार्ताका क्रममा ठोस निष्कर्ष भने ननिस्किएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेन्डाअनुसार वार्ता गरिरहेका छौँ ।’

युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । जसका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने २५ लाख भन्दा धेरै शरणार्थी बनेर विदेश पलायन हुन बाध्य छन् । त्यसबाहेक युक्रेनका भौतिक पूर्वाधारका संरचनाहरू पनि ध्वस्त भएका छन् । तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ३१ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको