जो बाइडेनले युक्रेनको भ्रमण नगर्ने « Khabarhub

जो बाइडेनले युक्रेनको भ्रमण नगर्ने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण नगर्ने भएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बाइडेनले युक्रेन भ्रमण गर्ने कुनै योजना नरहेको बताएकी हुन् ।

यसअघि अमेरिकी सञ्चारमाध्यममा राष्ट्रपति बाइडेनको प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल त्यसतर्फ पठाउन लागेको समाचार सार्वजनिक भएको थियो ।

उक्त उच्चस्तीय प्रतिनिधिमण्डलमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको थियो ।

‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौँ’ साकीलाई उद्धृत गर्दै अमेरिकी अनलाइन समाचार पोर्टल पोलिटिकोका लागि ह्वाइट हाउसका संवाददाता युजिन डानियल्सले जनाएका छन् । ‘पोड सेभ अमेरिका’ नामक पोडकाष्टमा उनले यस्तो जानकारी दिएको ट्विटरमार्फत डानियल्सले जनाए ।

रुसी आक्रमणका बावजुद विभिन्न मुलुकका शीर्ष नेताहरुले पछिल्लो समय युक्रेनको भ्रमणलाई तीव्र बनाएका छन् । बुधबारमात्र पोल्याण्ड, लिथुएनिया, इस्टोनिया र लात्भियाका राष्ट्रपतिहरुले युक्रेनको राजधानी किभको भ्रमण गरी युक्रेनी समकक्षी जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : ३२ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ