रुसले आक्रमण थालेयता खार्किभमा मात्रै ५ सय बढी सर्वसाधारण मारिए « Khabarhub

रुसले आक्रमण थालेयता खार्किभमा मात्रै ५ सय बढी सर्वसाधारण मारिए


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा हालसम्म ५ सय भन्दा धेरै गैरसैनिक मारिएका छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभले रुसी आक्रमणका कारण हालसम्म सो क्षेत्रमा ५०३ जनाको मारिएको जनाएका हुन् ।

उनका अनुसार मारिनेमा २४ जना बालबालिका समेत छन् । ‘यो निर्दोष मानिसहरुको जनसंख्या हो, हामी कुनै पनि जीवनका लागि माफ गर्नेछैनौँ ।’ गभर्नर सनेगुबोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि उनको दाबीको स्वतन्त्र पुष्टि भने नभइसकेको जनाइएको छ ।

रुसको सीमाबाट केबल ४० किलोमिटरको दूरीमा रहेको खार्किभमा युद्ध शुरु हुनुअघि १५ लाख मानिसहरुको बसोबास रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : ४५ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत