अष्ट्रेलियन प्रधानमन्त्रीको सुरक्षा टोली चढेको कार दुर्घटनाग्रस्त | Khabarhub Khabarhub

अष्ट्रेलियन प्रधानमन्त्रीको सुरक्षा टोली चढेको कार दुर्घटनाग्रस्त


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुनावी प्रचार अभियानमा रहेका अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनको सुरक्षा टोली कार दुर्घटनामा परेको छ । अष्ट्रेलियाको तास्मानिया टापुमा चुनावी अभियानका क्रममा प्रधानमन्त्रीको सुरक्षा टोलीको कार दुर्घटनामा परेको हो ।

पछाडिबाट आइरहेको अर्को गाडीले कारलाई ठक्कर दिएको जनाइएको छ । दुर्घटनाका क्रममा चार प्रहरी घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घाइते हुनेमा तास्मानिया राज्यका प्रहरी बलका दुई र अष्ट्रेलियाको संघीय प्रहरीका दुई जना छन् । दुर्घटनाका बेला प्रधानमन्त्री भने उक्त कारमा नरहेको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै घाइतेका परिवारलाई दुर्घटनाबारे जानकारी गराइएको जनाएको छ । आफ्नो सुरक्षा टोलीको कार दुर्घटनामा परेपछि प्रधानमन्त्री मोरिसनले उक्त चुनावी प्रचार कार्यक्रम स्थगित गरेका थिए ।

अष्ट्रेलियामा आगामी २१ मे मा संघीय निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ३० बजे

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण