यस्ताे छ सुनिता डंगोलकाे काठमाडौँ विकासका आठ खम्बे विकास मोडल « Khabarhub

यस्ताे छ सुनिता डंगोलकाे काठमाडौँ विकासका आठ खम्बे विकास मोडल


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएकी सुनिता डंगोलले विकासका आठ खम्बे मोडल सार्वजनिक गरेकी छन् । उनले शुक्रबार काठमाडौं विकासका लागि आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी हुन् ।

३० वैशाखमा हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारी दिन लागेकी छन् । स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभलपमेन्टलाई उनले आठ खम्बे विकास मोडलको रूपमा अघि सारेकी छन् ।

जसअनुसार उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई अघि सारेकी हुन् । जुन योजनाअनुसार काम गर्दा काठमाडौँलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन सकिने उनको दाबी छ ।

पूर्व मिस नेवाः समेत रहेकी डंगोलले प्रत्येक महानगरवासीका लागि अनिवार्य स्वास्थ्य बिमाको प्रबन्ध मिलाउनेदेखि लिएर युवाहरूकाे ब्रेनड्रेन रोक्ने योजनासमेत अघि सारेकी छिन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ३७ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र