संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड « Khabarhub

संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादीमा प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले देश र विकासको नेतृत्व गर्ने माओवादी नै भएको दाबी गरे । देशका मधेशी, थारु, आदिवासीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण प्राप्त भएको प्रचण्डले बताए ।

कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ताहरूलाई पनि माओवादीमा प्रवेश गराइएको थियो ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ४७ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द