सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त « Khabarhub

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

खड्कालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

उनलाई संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दिइएको छ । 

सरकारले बुधबार मात्र केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गरेको थियो । उनी १९ दिनका लागि मात्रै सशस्त्रको प्रमुख हुनेछन् । त्यसपछि उनी ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाउनेछन् । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ०८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा