राजधानीका सडकबाट ५५ बालबालिकाको उद्धार  | Khabarhub Khabarhub

राजधानीका सडकबाट ५५ बालबालिकाको उद्धार 


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरूको उद्धार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरूबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्धार गरेको हो ।

ती बालबालिकाले सडक यात्रुहरूसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्‍याउँदै आएका थिए । ३३ बालक र २२ बालिका गरी ५५ जनाको उद्धार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको छ।

आफ्ना बालबालिकाहरूको उचित हेरचाह, लालन-पालन, रेखदेख गर्न सबै अभिभावकमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ ।

सडक पेटीमा बालबालिकाहरूलाई छाडी माग्न लगाई पैदल यात्रुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न गराएको पाइएमा कानुनबमोजिम कारबाही गरिनेसमेत प्रहरीले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ५० बजे

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र​

काठमाडौं– ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ

खल्ती र आईएमई मर्ज, आजैबाट सुरू भयो एकीकृत सेवा सञ्चालन

काठमाडौं– आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गतेदेखि

युक्रेनले पायो नयाँ प्रधानमन्त्री

एजेन्सी – युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण