मेस्सीको दुई गोलमा पीएसजीको जित « Khabarhub

मेस्सीको दुई गोलमा पीएसजीको जित


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडी लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० अन्तरले पराजित गरेको छ ।

घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी) र एन्जल डि मारियाले एक-एक गोल गरे । मेस्सीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए ।

यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पीएसजीको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको मोनाको १५ अंकले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ८ : ३३ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द