न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु « Khabarhub

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।

गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउँसो प्रवेश गरेका थिए । एफबीआईले सो गोलीबारीलाई ‘हिंस्रक अतिवाद’भनेको छ ।

पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गर्दैछौँ’, एफबीआईको बफेलो कार्यालयका एजेन्ट स्टीफन बेलोन्जियाले भने । सहरमा अश्वेतहरूको बाहुल्यता रहेको क्षेत्रमा पुग्न ती शंकास्पदले घन्टौँसम्म सवारी चलाएको हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

१३ जनामा गोली प्रहार गरिएको थियो र उनीहरूमध्ये अधिकांश अश्वेत रहेको बफेलो प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले बताए । तीन जना घाइतेलाइ भने ठूलो चोट नलागेको प्राप्त विवरणहरूमा जनाइएको छ । सुपरमार्केटमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका एक सेवानिवृत्त प्रहरी अधिकारीले संदिग्धलाई गोली हान्न खोजेका थिए । तर, आक्रमणकारीको निशानामा उनी आफै परे ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ५३ बजे

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको