वीरेन्द्रनगरमा कांग्रेसको अग्रता « Khabarhub

वीरेन्द्रनगरमा कांग्रेसको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

हालसम्मको मतगणनाअनुसार मेयर पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७६९ मत प्राप्त गरेका छन् । 

त्यस्तै जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदुर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा एकीकृत समाजवादीका धनाकुमारी जिसीले १३, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले दुई मत पाए । वीरेन्द्रनगरको प्रमुख  र उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । उपप्रमुखमा भने एमालेका  नीलकण्ठ खनालले अग्रता लिएका छन् ।

 उनले दुई हजार ११३, माओवादीका शान्ति ढकालले एक हजार ६४९ र राप्रपाका लक्ष्मीकुमारी विकले ११९ मत प्राप्त गरे । उपमेयर पदका स्वतन्त्र उम्मेदवार अनिल ढकालले ८८, एकीकृत समाजवादीका वीरबहादुर रावतले ३३, नेपाल मजदुर किसान पार्टीका बिजुकला रानाले १६, जनता समाजवादी पार्टी नेपालका सन्तोषी विकले छ मत प्राप्त गरे । वीरेन्द्रनगरमा ४८ हजार ३०४ मत खसेको थियो । वडा नं १६ गणना सम्पन्न भइसकेको छ भने वडा नं १ गणना जारी छ ।

वडा नं १६ को अध्यक्षमा एमालेका डण्डबहादुर बिक विजयी भए । वडा नं १ मा कांग्रेसका दिनेश खत्रीले अग्रता लिएका छन् । वीरेन्द्रनगरमा १६ वडा छन् । 

हालसम्मको मतपरिणाम अनुसार सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांग्रेसका लालवीर भण्डारी, चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर विकले अग्रता लिएका छन् ।

चौकुनेमा काङ्ग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । त्यस्तै चिङगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसी, भेरीगङ्गा नगरपालिकामा कांग्रेसका रामबहादुर सिंह, लेकबेँसी नगरपालिकामा कांग्रेसका उमेश पौडेल र गुर्भाकोट नगरपालिकामा कांग्रेसका हस्त पुनको अग्रता रहेको छ । 

सिम्ता गाउँपालिकाको वडा नं १ खनेटास्थित भगवती मावि केन्द्रमा मतदान स्थगित भएपछि यहाँ मतगणना हुन सकेको छैन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : ३४ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग