भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा « Khabarhub

भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नो वर्चस्व कायम राख्ने स्थिति देखिएको छ । नेमकिपाले आफू कमजोर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि नेतृत्व दाेहाेरिने सम्भावन देखिएकाे हाे । 

भक्तपुरमा १० वडा छन् । यी मध्ये वडा नम्बर १ र ३ नेमकिपाका लागि सबैभन्दा चुनौतिपूर्ण थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दल एक भई नेमकिपालाई हराउन गठबन्धन बनाएका थिए । तर, परिणामअनुसार नेमकिपा सबै राष्ट्रिय पार्टीको संयुक्त गठबन्धनलाई फराकिलो मतअन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ । 

आइतबार बिहानसम्म भक्तपुर नगरपालिका वडा नम्बर १, २ र ३ को मत परिणाम आइरहेको छ । नेमकिपाको मेयर र उपमेयरले पाएको मत पनि निकै फराकिलो अन्तर छ । यस हिसाबले आँकलन गर्दा यसपटक पनि ‘क्लिन स्विप’ नै हुने स्थानीयकाे भनाइ छ । 

भक्तपुर नगरपालिकामा ७५ दशमलब ७१ प्रतिशत मत खसेको थियो । यहाँ ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो ।

यसअघिको निर्वाचनमा कुल ५२ हजार नौ सय ३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार सात सय ३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार सात सय ११ मत ल्याएर विजयी भएका थिए । यो पटक पनि नेमकिपाबाट दुवै दोहोरिएका छन् । 

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : १९ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा