रुसविरुद्ध पश्चिमा मुलुकले ‘हाइब्रिड युद्ध’ छेडेको रुसी विदेशमन्त्रीको आरोप « Khabarhub

रुसविरुद्ध पश्चिमा मुलुकले ‘हाइब्रिड युद्ध’ छेडेको रुसी विदेशमन्त्रीको आरोप


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले पश्चिमा मुलुकहरूले रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ छेडेको आरोप लगाएका छन् ।

पश्चिमा मुलुकले संयुक्त रुपमा आफूहरूमाथि ‘हाइब्रिड युद्ध’ को घोषणा गरेको भन्दै यो कति लामो समयसम्म चल्ने हो, अनुमान गर्न कठिन रहेको उनको भनाइ छ । ‘संयुक्त रुपमा पश्चिमा मुलुकहरूले हामीविरुद्ध हाइब्रिड युद्धको घोषणा गरेका छन् र कति लामो समयसम्म चल्छ भन्ने अनुमान गर्न कठिन छ ।

तर यसको परिणाम सबैले भोग्नुपर्छ, कुनै अपवादबिना भन्ने कुरा स्पष्ट छ ।’ लाभ्रोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । लाभ्रोभले आफूहरूले प्रत्यक्ष टकरावको अवस्था नआओस् भन्ने चाहेको भएपनि प्रतिबन्धहरू लगाएर आफूहरूलाई चुनौति दिइएको आरोप समेत लगाए ।

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको ८० औँ दिनमा सम्बोधन गर्दै विदेशमन्त्री लाभ्रोभले भने– ‘हामीले प्रत्यक्ष टकरावको अवस्थाबाट नआओस् भन्नाका लागि सबै काम गर्यौँ, तर हामीलाई चुनौति दिइएको छ, निश्चयपनि हामी यसलाई स्वीकार गर्छौँ । हामीले प्रतिबन्धलाई राम्रोसँग चिनेका छौँ । एक वा अर्को नाममा प्रतिबन्धहरू जारी नै थिए’

युक्रेनमाथि आक्रमण गरेको दण्ड स्वरुप पश्चिमा मुलुकहरूले रुसका ठूला कम्पनी, बैंक, राजनीतिक नेताहरू, धनाढ्य लगायतलाई लक्षित गरी प्रतिबन्धको घोषणा गरेपछि रुसी विदेशमन्त्रीको पछिल्लो भनाइ आएको हो । पश्चिमा प्रतिबन्धका कारण थला परेको रुसमा यो वर्ष मुद्रास्फीति बढेर १७ दशमलब ८३ प्रतिशत पुगेको जनाइएको छ ।

चीन र भारतसँग रुसको सम्बन्ध राम्रो रहेको लाभ्रोभले बताएका थिए । साथै उनले मध्यपूर्वका इजिप्ट, खाडी मुलुक तथा अल्जेरिया र ल्याटिन अमेरिका, अफ्रिका एवम् एसियाका मुलुकहरूसँग रुसको सम्बन्धको महत्वबारे पनि चर्चा गरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : ५० बजे

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

काठमाडौं– मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट आज

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

एजेन्सी– इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको