गोदावरीको मतगणना अव्यवस्थित भएको आरोप « Khabarhub

गोदावरीको मतगणना अव्यवस्थित भएको आरोप


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएको आरोप लागेको छ । 

मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएको, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेको, तस्बिर खिच्न नदिएको भन्ने आरोप लागेको छ । 

दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले प्रवेश नदिएको अन्नपूर्ण पोष्टका फोटो पत्रकार अशोक दुलालले बताए । उनले भने, ‘मतगणनाको तस्बिर खिच्न त के भित्र पसेर शान्त ठाउँमा बसेर तस्बिर पठाउन पनि पाइएन ।’

यस्तै थाहा सञ्चारका पत्रकार नवीन लुइटेलले पनि व्यवस्थापनले अपमानजनक व्यवहार गरेको आरोप लगाए । उनले भने, ‘पत्रकारलाई मत परिणामबारे जानकारी दिँइदैन । मतगणनास्थलमा रहेका कार्यकर्ताको फेसबुक स्टाटस हेरेर समाचार पुष्टि गर्नुपर्छ । निर्वाचन आयोगले आधिकारिक तथ्यांक नै दिँदैन ।’

नगरपालिकाले लाखौं खर्चेर डिजिटल डिस्प्ले राखे पनि मतगणनाको परिणाम डिस्प्लेमा देखाएको छैन । माइकबाट मतगणना भन्दा पनि पटक पटक माइक बिग्रने हुँदा सर्वसाधारण सूचनाबाट बञ्चित बनिरहेका छन् । 

नगरपालिकाले चार पाँच घण्टा फरकमा मत परिणाम सुनाउने गरेको छ । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  २ : ०४ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल