सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ | Khabarhub Khabarhub

सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ट्रिनिटी कलेजका ४ विद्यार्थी पक्राउ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ परेका छन् ।

मंगलबार दिउँसो साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी अधिकारीका अनुसार खुकुरी प्रहारबाट गार्डको बायाँ कानमुनि चोट लागेको छ । घाइतेलाई उद्धार गरी मोडेल अस्पतालमा लगेर उपचार गराइएको र उनी उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूबिच १० दिनअघि कलेज परिसरमा बास्केटबल खेल्दा विवाद भएको थियो । सोही विषयलाई लिएर कलेजमा दुई पक्षबिच झै-झगडा हुँदा सुरक्षा गार्ड छुटाउन गएका थिए । सो क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा म्याग्दी घर भई काठमाडौँको तारकेश्वर बानियाँटार बस्ने जोसेन बानियाँ, रामेछाप घर भई काठमाडौँ डिल्लीबजार बस्ने बिपिन खत्री, ओखलढुङ्गा घर भई हाल घट्टे कुलो बस्ने प्रतीक खतिवडा र टोखाका सञ्जीव भण्डारी रहेको प्रहरीले जनाएको छ । उनीहरू सबै १८ वर्षका हुन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ५८ बजे

Nepatop

उर्लाबारी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

उर्लाबारी– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी

जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहात

बेदकोट– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण

सामाजिक अभियन्ताको टोली सोलुमा

सल्लेरी– जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा

८० प्रतिशत हिमाल हिउँरहित हुने वैज्ञानिकहरूको चेतावनी 

लन्डन– बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल

बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी

काठमाडौं– वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा