एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा  | Khabarhub Khabarhub

एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

‘केही दिनदेखि संसद्को समितिमा, संसद्को बैठकमा माननीयज्यूहरूले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भने, ‘संसद्मा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीले संसद्मा उभिएर तत्काल जवाफ दिनुपर्छ ।’

एसपीपी सम्झौता के हो र यो कसको पालामा भएको भन्दै उनले जिज्ञासासमेत गरे । केही समयअघि एमसीसी सदनबाट पारि गरेको स्मरण गराउँदै उनले तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुने बताए ।

‘हामीले केही समय अगाडि सदनबाट एमसीसी अनुमोदन गर्‍यौँ । यस्ता विकास साझेदारीको विषय अमेरिकासँग, चीनसँग, भारतसँग, सबै शक्ति राष्ट्रसँग थप आबद्ध हुने, संलग्न हुने हो, यसबाट केही लिने हो । तर, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे त्यो छिमेकी देशसँग होस्, चाहे त्यो शक्ति राष्ट्रसँग होस्, मित्रराष्ट्रसँग होस्, त्यसमा नेपाल सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिँदैनौँ,’ उनले भने, ‘नेपालको विकासका लागि सबै मित्रराष्ट्र, छिमेकी, शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । उनीहरूले यो गर, योसँग गर, योसँग नगर भन्यो भने नसुन्ने हो ।’

तर, सामरिक विषयमा भने नेपाल संलग्न हुन नहुने भन्दै उनले पुनः यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ५६ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा