प्रधानन्यायाधीशमाथिको छानबिन समिति : चार महिनादेखि न संयोजक, न बैठक « Khabarhub

प्रधानन्यायाधीशमाथिको छानबिन समिति : चार महिनादेखि न संयोजक, न बैठक


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि यसबारे  छानबिन गर्न गठन भएको संसदीय समिति चार महिनादेखि अलपत्र परेको छ ।

जबरामाथि छानबिन गर्नका लागि प्रतिनिधिसभाले २३ फागुनमा गठन गरेको संसदीय समिति कुनै पनि निर्णयमा पुग्न नसकेर अलपत्र परेको हो ।

‘संसद्ले छानबिन समिति गठन त गर्‍यो, तर त्यो समितिको अहिलेसम्म बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा छानबिनका लागि संयोजकसमेत तोक्न सकिएको छैन,’ सदस्य प्रमोद साहले भने, ‘गठनका लागि गठन भएको समिति मात्र भएको छ । हामीले केही काम गर्न पाएका छैनौँ ।’

उनका अनुसार प्रतिनिधिसभा बैठकले छानबिन गर्नका लागि प्रस्तावसमेत सो समितिमा नपठाएका कारण छानबिन प्रक्रियाअघि नबढेको हो ।

गत १ फागुनमा नेपाली कांग्रेस र  नेकपा माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेको तीन सातापछि अर्थात् २३ फागुनमा प्रतिनिधिसभा बैठकले छानबिन समिति गठन गरेको घोषणा गरेको थियो । जसअनुसार सो समितिमा नेकपा एमालेका तर्फबाट बिष्णु पौडेल लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेलसहित नेपाली कांग्रेसबाट मिनबहादुर विश्वकर्मा, रामबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट यशोदा गुरुङ, रेखा शर्मा सदस्य छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट कल्याणी खडका, लोसपा नेपालबाट एकवाल मियाँ र जसपा नेपालबाट प्रमोद साह गरी ११ सदस्यीय समितिले चार महिना नाघिसक्दा कुनै पनि कारबाही प्रक्रिया नबढाएपछि समिति नै अलपत्र अवस्थामा परेको छ ।

प्रतिनिधिसभा बैठकले छानबिनका लागि समितिमा पठाउनै पर्ने कानुनी व्यवस्था भए पनि अझै पनि नपठाउनुको कारण सत्तारुढ दलले महाअभियोग प्रस्ताव असफल बनाउने रणनीतिको रूपमा हेरिएको छ ।

सत्तारुढ दल नेकपा एसका सम्मानित नेता झलनाथ खनालले केही दिन अघि संसदबाट बाहिरिने क्रममा ‘महाअभियोग पास गर्नका लागि ल्याइएको प्रस्ताव होइन’ भन्ने टिप्पणीले पनि यस विषयमा छानबिन प्रक्रियाअघि बढ्न नसक्ने सङ्केत देखिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ३७ बजे

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

काठमाडौं– नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट