वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव « Khabarhub

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत र सहजीकरण गर्ने उपायबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग परामर्श गरेका छन्।

अर्थ मन्त्रालयमा बुधबार साँझ आयोजित दोस्रो चरणको छलफलमा नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सहभागिता रहेको थियो। यसअघि बुधबार बिहान पनि अर्थमन्त्री डा. वाग्लेले केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूसँग प्रारम्भिक संवाद गरेका थिए

छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले केन्द्रीय बैंकका अधिकारीलाई राज्यका अनुभवी र काबिल अर्थशास्त्रीको संज्ञा दिँदै अर्थतन्त्रको सुधारका लागि ठोस र व्यावहारिक सुझाव दिन आग्रह गरे ।

“तपाईंहरू राष्ट्र बैंकको महत्त्वपूर्ण विभागमा रहेर काम गरिसक्नुभएका दक्ष अर्थशास्त्री हुनुहुन्छ। मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे तपाईंहरूसँग रहेको ज्ञान र अनुभव यतिबेला राष्ट्र निर्माणमा उपयोग हुनुपर्छ,” छलफलमा अर्थमन्त्रीले भने, “विगतका नीतिका कारण वित्तीय संकट झेलिरहेका नागरिक र निजी क्षेत्रका व्यवसायीलाई सरकारले कसरी सहयोग गर्न सक्छ, स्पष्ट मार्गचित्र दिनुहोस्।”

नयाँ बजेट कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले यही जगमा टेकेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो। ऋण तिर्न नसकेर कालोसूचीमा परेका हजारौँ नागरिक तथा उद्यमीलाई पुनरुत्थानको अर्को अवसर दिने उपाय खोज्न पनि उनले आग्रह गरेका हुन्।

साथै, मौद्रिक उपकरणको प्रयोग गर्दा राष्ट्र बैंकले वस्तुनिष्ठ नियमन र लगानीमैत्री सहजीकरण अपनाउनुपर्ने उनको भनाइ थियो।

सो क्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकले नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक सन्देश गएको र बिस्तारै आत्मविश्वास फर्कँदै गएको बताएका छन्। कोभिड महामारीको प्रभावका कारण अझै पूर्ण रूपमा लय समात्न नसकेको अर्थतन्त्र र सोही कारण सिर्जित कालोसूचीको समस्या समाधान गर्नु मुख्य चुनौती रहेको उनीहरूको भनाइ थियो।

सर्वसाधारणको बचत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै कालोसूचीको मारमा परेका नागरिक र व्यवसायीलाई पुनर्जीवन दिन तत्काल राहतमूलक कदम चाल्नुपर्ने सुझाव केन्द्रीय बैंकका अधिकारीहरूले दिएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : ०६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको