२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै  « Khabarhub

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्याउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए ।

‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ, व्यक्तिगत रुपमा म बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्टान्डर्डले देखाउँदैन,’ मन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भने, ‘बरु यसले अपराध बढाउने काम भइरहेको छ, बालविवाह सजाय भइरहेको छ, यसमा रिभ्यु गर्नुपर्छ, रिभ्यूको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको जानकारी गराउन चाहन्छु ।’ 

उनका अनुसार २० वर्षभन्दा कम उमेरमा बिहे गरेका जोडाजोडीलाई प्रहरीले थुनामा राखेका कारण क्रमशः संख्या बढ्दै जाँदा सामाजिक संरचनामा नै नकारात्मक असर पर्दै गएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०० बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर