पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग « Khabarhub

पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

पोखरामा विरोध प्रदर्शन सहित बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत राप्रपाले मागपत्र पठाएको हो । दैनिक उपभोग्य सामपोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग
ग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्था सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राप्रपाको छ ।

कृषकले मल, बिऊविजन नपाउदा समस्या परेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ । शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमिहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने राप्रपाको माग छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, देशभरी भत्काइएका शालिकको संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता गम्भीर माग राप्रपाको छ । राप्रपाले प्रत्येक घरमा एकजनालाई रोजगारी दिनुपर्ने आवाज उठाएको छ भने कर खारेजी मागेको छ ।

सीमा क्षेत्रमा भएका अतिक्रमित भूमि फिर्ता लिन कूटनीतिक पहल गर्नका लागि दबाव समेत दिएको छ ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ज्ञापन पत्र बुझाए । बुधबार सिर्जनाचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ०५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित