पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी « Khabarhub

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँद्वारा मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको सिआइबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

यसै प्रकरणमा सिआइबीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ सरकारी अधिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल र उमेश ढुङ्गाना तथा उपसचिव निर्मला गुरुङ छन् ।

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको आर्थिक अनियमितता र विदेशी मुद्रा अपचलनसम्बन्धी प्रकरणमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । यसअघि पनि यस प्रकरणमा व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ परेका छन् । रासस

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ६ : ३७ बजे

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ– नेपाली सेनाका प्रवक्ता सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाले

चितवनले गुमायो आठौँ विकेट, कमलसिंह ऐरी आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

पाथीभरामा चाप बढ्दा पूर्वाधार अभाव भएको तीर्थयात्रीको गुनासो

काठमाडौं– पूर्वी नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मन्दिरमा दर्शन

चितवनले गुमायो सातौँ विकेट, सलाहुद्दिन खान आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले