जिसस दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट दायर | Khabarhub Khabarhub

जिसस दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट दायर


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलवार रिट दायर गरेकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख लगाएतका विरुद्ध परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक बिना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाएको छ ।

दैलेखको आठबीस नगरपालिका–७ को वडासदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकिर गरिएको छ । ‘नेपाली काँग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाउँ भनि दिएको निवेदन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको रिटमा उल्लेख छ ।

‘स्वतन्त्र उम्मेदवारी दिई जिसस प्रमुखमा निर्वाचित शाहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैशाख २३ गते दर्ता गराएको मनोनयन पत्र, अन्तिम निर्वाचन मत परिणाम र समन्वय प्रमुखलाई भएको सपथग्रहण लगाएत सबै गैरकानूनी कार्यलाई उत्प्रेरक आदेशले बदर गरी जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन परमादेश जारी पाउँ,’ रिटमा भनिएको छ ।

गत जेठ २६ गते भएको जिल्ला समन्वय समिति दैलेखको निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत प्राप्त गरेकी थिइन् ।

स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही नेपाली काँग्रेस दैलेखका उपसभापति हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि काँग्रेसले साधारण सदस्य समेत नरहने गरी उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।

उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका छन् । उनले ११ मत प्राप्त गरेर विजयी भएका छन् । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेकी थिइन् ।

समन्वय समितिको सदस्यहरुमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का पुर्णा विक, नेकपा माओवादी केन्द्रकी तुल्छा विक, फत्तबहादुर डांगी, नेपाली काँग्रेसका अङ्गबहादुर शाही र स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही निर्वाचित भएका थिए । जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले पद तथा गोपनीयताको सपथग्रहणपछि मंगलवार पदभारग्रहण समेत गरिसकेको छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ३३ बजे

आजका समाचार : तत्काललाई टर्‍यो माओवादीको संकट, जनार्दनलाई कारबाही भएन, बहुविवाहसम्बन्धी प्रस्तावले तात्यो संसद्, कक्षा १२ को नतिजामा सुधार

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू

भिजिट भिसा प्रकरणदेखि ‘बहुविवाह’सम्म गरमागरम बहस

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग