बिरामीलाई निको पार्ने फिजियोथेरापी पद्धति | Khabarhub Khabarhub

बिरामीलाई निको पार्ने फिजियोथेरापी पद्धति



आधुनिक स्वास्थ्य विज्ञानमा औषधि सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिनाऔषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझिन्छ।

यसमा मेसिनरी प्रयोगसँगै स्वअभ्यास तथा अर्को व्यक्तिबाट म्यानुअल्ली अभ्यास गराएरै पनि बिरामीलाई निको पार्ने प्रयत्न गरिन्छ।

मलाई लाग्छ, अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुदेखि वृद्धवृद्धा तथा विभिन्न प्रकृतिका शल्यक्रिया गरेका बिरामीका लागि पनि पूर्ववत अवस्थामा स्वस्थ हुनका लागि फिजियोथेरापी अपरिहार्य हुन्छ। औषधि सेवन र शल्यक्रियाबाट निको हुन नसकेका कैयौँ बिरामी फिजियोथेरापीको उपचार सेवाबाट निको भएका प्रशस्तै उदाहरण छन्।

फिजियोथेरापी सेवा खासमा सबै रोगका लागि सपोर्टिङ उपचार पद्धति हो भने आधुनिक स्वास्थ्य विज्ञानसँग पनि फिजियोथेरापी उपचार सेवा जोडिएको हुन्छ। अति विकसित मुलुकदेखि अल्पविकसित मुलुकसम्म फिजियोथेरापी सेवा पछिल्लो समयमा अपरिहार्यजस्तै भएको छ। व्यायाम वा मेसिनको माध्यमबाट शारीरिक उपचार गर्नु फिजियोथेरापी हो ।

हाडजोर्नीसम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नसासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोट्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरेर विभिन्न किसिमका थेरापी हुन्छन् ।

फिजियोथेरापी एलोप्याथीअन्तर्गत पर्ने उपचार पद्धति हो । यो जुनसुकै उमेरसमूहका व्यक्तिले गर्न सक्छन । फिजियोथेरापी दुःखाई कम गर्न, व्यक्तिलाई क्रियाशील बनाउन, नचल्ने जोर्नीलाई चालमा ल्याउन, रोगको उपचारपछि अंगलाई पुनः सक्रिय बनाउन प्रयोगमा ल्याइन्छ ।

फिजियोथेरापीलाई कसरी बुझने ?
फिजियोथेरापीलाई पश्चिमा देशतिर फिजिकल थेरापी भन्ने गरिन्छ। डाक्टर भनेर हामीले बिरामीको जाँच गर्ने व्यक्तिलाई बुझ्दै आएका छौँ। यो भेक्ट ट्रमीनोलोजी हो।

यस्तै फिजियोथेरापी पनि भेक्ट ट्रमीनोलोजी हो। फिजियोथेरापी भित्र नशारोग, अर्थोपेडिक, स्पोस मेडिसिन, अप्सेन गाइनिक, कम्युनिटी पेडियाक्ट्रीक, कार्डियो प्लमोनर लजिभको विभिन्न विशेषज्ञ हुन्छन्।

यी सम्पूर्ण विशेषज्ञले आफ्नो दक्षता हासिल गरेर स्पेसलाइजेसन गरेर आउनुभएको हुन्छ। एसएलसीपछि या प्लस टुपछि तीन वर्ष बेसिक डिप्लोमा कोर्ष गरेर आउनुभएकालाई फिजियोथेरापी एसिस्टेन्ट भनिन्छ। त्यसपछि पाँच वर्षको कोर्ष गरेर आउनेलाई फिजियोथेरापिस्ट भनिन्छ।

कुनै एक विषयमा स्पेसलाइजेसन गरेर आउनेलाई स्पेशलाइज्ट फिजियोथेरापिस्ट भनेर बुझिन्छ। यो भन्दामाथि डाक्टर इन फिजियोथेरापी गर्ने र पीएचडी इन फिजियोथेरापी गर्ने पनि हुनुहुन्छ। फिजियोथेरापी एक्सरसाइज र इलेक्ट्रोथेरापीको माध्यमबाट बिरामीको रोग पत्ता लगाउने र फिजिकल इन्टरभेन्सन दिने माध्यम हो।

फिजीयोथेरापी गर्न सकिने अवस्था
गर्भमा रहेको बच्चादेखि वृद्ध व्यक्तिलाई पनि फिजियोथेरापी आवश्यकता पर्छ। प्रगेनेन्ट पहिलाले गर्ने एन्टिनाटल केयर गर्नुहुन्छ। बच्चा जन्मेपछि पोस्टनाटल केयर गरिन्छ। सानो बच्चालाई पेडियाट्रिक फिजियोथेरापिस्टले हाडजोर्नी नशा सबन्धी समस्या छ भने फिजियोथेरापी गराउँनुहुन्छ।

ढाडको दुखाईसँगै शरीरको कुनै सिस्टममा असर देखियो भने फिजियोथेरापी गर्न सकिन्छ। कुनै नशा सबन्धी स्ट्रोक भयो भने फिजियोथेरापी गर्न मिल्छ। रोग नलायोस भनेर पनि फिजियोथेरापी गरिन्छ। धेरै लामो समय एकै ठाउँमा बसेर काम गर्ने व्यक्तिले शरीरमा कुनै समस्या आउन नदिन फिजियोथेरापी गर्न सकिन्छ। भने रोग लागिसकेपछि केही समयको लागि गर्ने हो, रोग लागिसकेपछि निको बनाउन गर्ने हो या लाइफटाइमको मेन्टेनेन्सको लागि गर्ने हो त्यही अनुसार गर्नुपर्छ।

कतिपय रोग निको नहुने हुन्छ। सुगर, प्रेसर जस्ता रोगलाई फिजियोथेरापीले बिग्रन नदिई मेन्टेन गर्दै लग्ने हुन्छ। रोग निको पार्न मात्रै नभएर रोकथामको लागी फिजियोथेरापीले धेरै मद्दत गर्छ।

समस्या आउन नदिन फिजियोथेरापी

नेपाल बाहिरको कुरा गर्ने हो भने ठूलो ठूलो कम्पनीमा फिजियोथेरापिष्ट त्यहि राखेको हुन्छ। जसले डेक्स, चियरमा बस्दा लामो समय कसरी बसेर पढ्न, काम गर्न सकिन्छ, ब्याग बोक्दा कसरी बोक्ने भनेर सिकाइन्छ। खेलाडीलाई पनि मैदानमा गएपछि इन्ज्युरी हुनबाट रोक्न विभिन्न स्ट्रेचिङ एक्सरसाइज र सुगर प्रेसर भएका व्यक्तिको लागि फिजियोथेरापी गर्नुपर्ने हुन्छ।

बालबालिकाले पनि फिजियोथेरापी गर्नुपर्छ
बालबालिकाले रोगको रोकथामको लागि राम्रो हुन्छ। इन्टरभेन्सनको लागि गर्ने हो भने कतिपय बच्चा आमाको युटेरसमा हुदाँनै खुटटा बाङगो हुने, नशाको इन्ज्युरी हुने, डाउन सिन्ड्रोम हुने र जन्मिसकेपछि विभिन्न समस्या भएका बालबालिकालाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ।

कतिपय बच्चालाई स्ट्रोक, ब्रेन इन्ज्युरी, प्यारालाइसिस भएको छ भने पूर्ण निको हुन्छ। तर, कुनै निको नहुने रोग लागेको छ भने मेन्टेनेन्स थेरापी, प्रोगेसिभ इन्प्रुभमेन्ट थेरापी गर्न सकिन्छ।

एकपटक सुरु गरेपछि जीवनभर गर्नुपर्छ भन्ने हुँदैन। फिजियोथेरापी दुई किसिमको हुन्छ। एक्सरसाइज थेरापी र इलेक्ट्रिकल मोडालिटी। इलेक्ट्रिकल मोडालिटी हस्पिटलमा आएर गर्नुपर्ने हुन्छ। एक्सरसाइज थेरापी हामी घरमै गर्नसक्छौ। एक्सरसाइज हामीले सधै गर्दा राम्रो हुन्छ। फिजियोथेरापी साइन्स बेस्ड, मेडिसिन बेस्ड इन्टरभेन्सन हो।

हामीले बिरामी आउँदा रोग पत्ता लगाएर, समस्या के छ हेरेर फिजियोथेरापी गर्न भन्छौ। हामीले यति समय यो एक्सरसाइज गर्नु भनेर लगाउँछौ र मेन्टेनेन्स थेरापी हामी आफै गाइड गर्छौ।

एकपटक फिजियोथेरापी गरेपछि जीवनभर गर्नुपर्छ भन्ने होइन। फिजियोथेरापी गर्दै जाँदा इन्प्रुभमेन्ट हुन्छ, इन्प्रुभमेन्ट भएपछि हामी आफै स्टप गराउँछौ।

लामो समय फिजियोथेरापीको अवस्था
कुनै पनि निको नहुने रोग जस्तै, हड्डी खिइने रोग लागेको छ भने सधैभरी एक्सरसाइज गर्दा राम्रो हुन्छ। पार्किन्सन डिजिज प्रोग्रेसिभ डिजिज हो। यसले शारीरिक कमजोरी बढ्दै जान्छ।

पार्किन्सन भएका बिरामीले पनि सधै एक्सरसाइज गर्नुपर्छ। ब्रेन स्ट्रोक भएको छ भने केही समय मात्र फिजियोथेरापी गरेपछि म्याक्सिमम रिकोभरी हुन्छ। म्याक्सिमम रिकोभरी अचिभ गरेपछि फिजियोथेरापी स्टप गर्न सकिन्छ।

फिजियोथेरापी गर्ने व्यक्तिले जान्नै पर्ने कुरा
फिजियोथेरापी रोग लागिसकेपछि, गाह्रो भएपछि जाने हो भन्ने सोच्नु हुँदैन। फिजियोथेरापी इमर्जेन्सीमा पनि हुन्छ। इमर्जेन्सी डिपार्टमेन्टबाट डाइरेक्टली फिजियोथेरापीमा केस पठाउने हुन्छ। हस्पिटलको आइसीयू वार्डमा हुदाँ पनि फिजियोथेरापी गरिन्छ।

रिहह्याब सेन्टरमा पनि फिजियोथेरापी गरिन्छ। घर भित्र र समुदाय स्तरमा समेत फिजियोथेरापी गर्न सकिन्छ। कुनै पनि समस्या भएपछि फिजियोथेरापीको प्रक्रिया एउटा यात्रा हो भनेर बुझ्नुपर्छ। फिजियोथेरापीको महत्वपूर्ण पार्ट भनेको क्वालिटी अफ लाइफ हो।

आफनो जीवनशैलीलाई सहज रुपमा बिताउन फिजियोथेरापीले धेरै सहयोग गर्छ। यो जुनसुकै उमेर समूहका व्यक्तिले गर्न मिल्छ। कतिपयले फिजियोथेरापी योगा, मसाज हो भन्नुहुन्छ। तर, यो योगा, मसाज नभएर साइन्टिफिक बेस्ड मेडिकल उपचार हो।

यो आफैमा उपचार हो। फिजियोथेरापीलाई औषधिको रुपमा लिनुपर्ने हुन्छ। यसको पनि डोज हुन्छ, कति गर्ने कति भेलोसिटीमा गर्ने भनेर हामीले प्लान गरेर दिएका हुन्छौं। कति दिनसम्म गर्ने र कति दिनपछि फलोअपमा आउने भनेर पहिले प्लान गरिन्छ। फलोअपमा आउदाँ समस्या कति ठिक भयो। बढेको छ कि घटेको छ। सबैकुरा हेरेर अरु स्टेपको एक्सरसाइज गाइड गर्नुपर्ने हुन्छ। (डा. मन्जु ज्ञवालीसँग हबरहबका बिना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ४८ बजे

‘सहकारी ठगीमा मुछिएका सबै व्यक्ति छानबिनमा तानिन्छन्’

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी  

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध,

उच्च सरकारी वकिल कार्यालय पाटनको भवन बनाउन बहुवर्षीय ठेक्का, बजेट ३६ करोड

काठमाडौं – सरकारले उच्च सरकारी वकिल कार्यालय पाटनको नयाँ कार्यालय

नाटकका नाममा जब चर्चमा बालिकाहरूलाई नाङ्गै बनाएर मञ्चमा उतारियो

काठमाडौं- क्रिश्चियन धर्मावलम्बीहरू यतिबेला क्रिसमस पर्वमा रमाइरहेका छन् । नेपालमा

विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना

जनकपुरधाम – संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको