प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि… « Khabarhub

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको घटना सार्वजनिक भएको छ । घटना पाकिस्तानको हो । पाकिस्तानको पञ्जाब प्रान्तस्थित भुया असल क्षेत्रमा यस्तो घटना भएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुस्तफावादमा बसोबास गर्ने हफिज नदिम र उनका भतिजा शाहिद बजारबाट सामान किनर मोटरसाइकलमा घर फर्किँदै थिए । भुया असल क्षेत्रमा पुगेपछि उनीहरु चढेको मोटरसाइकलमा तेल सकियो ।

त्यसपछि उनीहरुले नजिकै रहेका प्रहरीसँग सहयोग मागेका थिए । तर, प्रहरीले उनीहरुलाई संदिग्ध अपराधी ठानेर सोधपुछ गर्न थाले । प्रहरीले उनीहरुसँग पहिचान पत्र पनि मागेका थिए ।

अपराधी नभएको थाहा पाएपछि पनि प्रहरीले उनीहरुसँग घुस मागे । तर, उनीहरुले घुस नदिएपछि ती प्रहरीले आफ्ना सहकर्मीलाई पनि घटनास्थलमा बोलाएर थप केरकार गर्न थाले ।

त्यसपछि प्रहरीले पीडितलाई निजी कारमा चढाएर रायविन्द क्षेत्रमा रहेको एउटा घरमा लगे । त्यहाँ उनीहरुले पीडितलाई लागूऔषध कारोबारी करार गर्दै यातना दिन थाले । त्यसपछि उनीहरुले पीडितसँग २५ लाख पाकिस्तानी रुपैयाँ फिरौती मागे ।

प्रहरीले उनीहरुलाई फिरौती नदिए मुठभेडको बहानामा ज्यानै मार्ने धम्की पनि दिएका थिए । तर, पीडितले उनीहरुलाई ६ लाख ७५ हजार रुपैयाँ दिए ।

त्यसपछि ती प्रहरीले उनीहरुलाई रिहा गरेको डनले जनाएको छ । रिहा भएपछि नदिमले घटनाबारे प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले घटनामा संलग्न प्रहरी हवल्दारहरु तौकिर इकबाल र वाजिदको पहिचान गरेको छ । उनीहरु नजिकैको खाना प्रहरी चौकीमा कार्यरत रहेको जनाइएको छ । उनीहरुमाथि आवश्यक कारवाही अघि बढाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : २३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र