उपसभामुख निर्वाचन : यस्तो छ संसदीय अंकगणित « Khabarhub

उपसभामुख निर्वाचन : यस्तो छ संसदीय अंकगणित


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद कायम रहेका छन् । जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र जनमोर्चाका १ सांसद छन्।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ ।

सत्तारुढ गठबन्धनको पक्षमा १ सय ५४ सांसद देखिएका छन् । चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन् । १३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भने अहिले ९८ जना सांसद मात्रै छन्। यस अंकगणितलाई आधार मान्ने हो भने उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित हुने करिब पक्का जस्तै छ। यदि त्यसो भएको खण्डमा एमालेबाट विद्या भट्टराई हार्ने छिन् ।

१३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने छ ।

यदि लोसपा र जसपाले गठबन्धनकी उम्मेदवारलाई मत नदिए परिणाम उल्टिन सक्ने एमालेका नेताहरुको दाबी छ । जसपा पनि अहिले विभाजनको संघारमा रहेकाले गठबन्धनको पक्षमा खुलेर मत दिने सम्भावना नरहेको विश्लेषण भइरहेको छ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ५९ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको