उपसभामुख निर्वाचन : यस्तो छ संसदीय अंकगणित « Khabarhub

उपसभामुख निर्वाचन : यस्तो छ संसदीय अंकगणित


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद कायम रहेका छन् । जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र जनमोर्चाका १ सांसद छन्।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ ।

सत्तारुढ गठबन्धनको पक्षमा १ सय ५४ सांसद देखिएका छन् । चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन् । १३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका भने अहिले ९८ जना सांसद मात्रै छन्। यस अंकगणितलाई आधार मान्ने हो भने उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित हुने करिब पक्का जस्तै छ। यदि त्यसो भएको खण्डमा एमालेबाट विद्या भट्टराई हार्ने छिन् ।

१३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने छ ।

यदि लोसपा र जसपाले गठबन्धनकी उम्मेदवारलाई मत नदिए परिणाम उल्टिन सक्ने एमालेका नेताहरुको दाबी छ । जसपा पनि अहिले विभाजनको संघारमा रहेकाले गठबन्धनको पक्षमा खुलेर मत दिने सम्भावना नरहेको विश्लेषण भइरहेको छ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ५९ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका