बल्कोनीमा लुगा सुकाउनेलाई पाँच सय दिनार जरिमाना  « Khabarhub

बल्कोनीमा लुगा सुकाउनेलाई पाँच सय दिनार जरिमाना 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत – कुवेतमा बल्कोनीमा लुगा सुकाउनेलाई १०० देखि ५०० दिनार जरिमाना गरिने भएको छ ।

यहाँको नगरपालिका काउन्सिलले सार्वजनिक गरेको सरसफाइ र फोहोर ढुवानी सम्बन्धी कानुनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। जसमा सडकबाट देखिने गरी बल्कोनीमा लुगा, गलैँचा झुन्ड्याएर राख्नेलाई जरिवानाको व्यवस्था गरिएको छ।

मस्यौदा ऐनको दफा चारले गलैँचा र फर्निचर सफा गर्न वा सडक र सार्वजनिक स्थानमा रहेको बल्कोनीमा झुन्डाएर लुगा सुकाउन निषेध गरेको छ। प्रस्तावित नयाँ मस्यौदा कानुनको सातौँ अनुच्छेद अनुसार फुटपाथ, सडक, सार्वजनिक ठाउँ, पार्क, समुन्द्र किनार र राज्यको स्वामित्वमा रहेको जग्गामा निषेध गरिएको छ।

यस्तै, सडकमा बेवास्ता गरी राखिएका क्षतिग्रस्त सवारीसाधन, डुङ्गा र मोटरहोमहरू सडक, फुटपाथ र सार्वजनिक स्थानहरूमा छोड्न निषेध गरिएको छ। यदि त्यस्तो गरेको भेटिएमा मालिकहरूलाई ४८ घण्टाभित्र आफ्ना सवारीहरू हटाउन चेतावनी दिने, नहटाए सवारी साधन जफत गर्ने अधिकार नगरपालिकालाई दिएको र जफत गरेको मितिले तीन महिना बितिसक्दा कसैले दाबी नगरे उल्लङ्घन खर्च तिर्ने गरी बिक्री गरिने जनाएको छ ।

यो मस्यौदासँगै अब कुवेतमा कार्यरत नेपाली कामदारहरुले पनि सचेतता अपनाउनु पर्ने देखिएको छ । त्यहाँ कार्यरत नेपालीहरु कति पयको बस्ने ठाउँ क्याम्प सडक नजिकै भए र बल्कोनीमा लुगा लगायत अन्य सामान झुन्ड्याएर राखिएको भेटिए जरिवाना तिर्नुपर्ने हुन्छ। तसर्थ बेलैमा ध्यान दिन जरुरी छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिब ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ४२ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला