उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै « Khabarhub

उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दैछ।

उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय गर्ने भएको हो । उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंग्याउने लोसपा सांसद चन्दा चौधरीले बताएकी छन्।

१३ सांसद भएको लोसपा यसअघि चौधरीलाई नै उम्मेदवार बनाउने तयारीमा थियो। अन्त्यमा पछि हटेको थियो। नेकपा एमालेले पनि लोसपालाई सघाउने बताएको थियो। तर लोसपामा उम्मेदवार नै नबनाउने भनेपछि एमालेले भट्टराईलाई अघि सारेको हो।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । लोसपाले पनि गठबन्धनका उम्मेदवारलाई साथ दिने सम्भावना छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : १५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३