पाँच सेकेन्ड खिच्न ४५ दिन ! « Khabarhub

पाँच सेकेन्ड खिच्न ४५ दिन !


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमिर खानको निर्माण तथा अभिनय रहेको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ रिलिज हुँदैछ । यो गीत सबैभन्दा लामो सट्स सिक्वेन्समा छ । पाँच सेकेन्डको यो सट्सलाई खिच्न प्राविधिक टिमलाई झन्डै ४५ दिन लागेको थियो । यो गीतको दृश्य कश्मीरदेखि कन्याकुमारीसम्म खिचिएको छ । गीतले भारतको विभिन्न भौगोलिक परिस्थितिहरू र स्थलका तस्बिरलाई प्रस्तुत गरेको छ ।

टिमका अनुसार यो गीत सुटिङ भइरहँदा आमिरको घुँडामा निकै दुखाई भएको थियो । उनले दुखाई काम गर्ने औषधि सेवन गरेर सुटिङ गरेका थिए । सुटिङभर आमिरले एक फिजियोथेरापिस्टलाई सँगै राखेका थिए । फिल्ममा करीना कपूर खान प्रमुख भूमिकामा छिन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।

बलिउड अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम ह्यान्क्सको झल्क देखाउने गरेका छन् । एउटा विषयलाई समातेर सशक्त फिल्म बनाउने शैली टमको छ । फरेस्ट गम्प, कास्ट अ वे , क्याप्टेन फिलीप, द टर्मिनल लगायतका टमको फिल्मको फ्यान विश्वभर छन् । यिनै टमले अभिनय गरेको फिल्म ‘फरेस्ट गम्प’ लाई भारतमा आमिरले रिमेक गरेका हुन् ।  

फिल्ममा आमिरको बाल्य अवस्था देखि वृद्धासम्मको जीवन-यात्रा र बदलिदो संसारलाई देखाइएको छ । एक सामान्य पुरुषको असाधारण यात्रा बोकेको फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ५२ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका