चितवनमा कोरोना सङ्क्रमण बढ्दै « Khabarhub

चितवनमा कोरोना सङ्क्रमण बढ्दै


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उनले जानकारी दिइन्। फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो ।

कोरोना सङ्क्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेको अधिकृत ढकालले जानकारी दिइन् । कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमितमध्ये आठजना होम आइसोलेसनमा छन् भने एकजना अस्पतालमा उपचाररत छन् । सामाजिक दूरी कायम राख्ने, मास्क नियमित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, कोभिडविरुद्धको खोप लगाउनेजस्ता कार्य गर्न उनले अनुरोध गरे।

जिल्लामा हालसम्म ३३ हजार ५६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पाँच लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप चार लाख ५८ हजार ११८ जनाले र बुष्टर डोज एक लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ३१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर