मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड  « Khabarhub

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड 

चीन पनि चाँडै जानेछु


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।

तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् ।

तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव नियुक्त भएपछि आफ्नो सल्लाहमा अहिले भारत भ्रमण तय भएको जानकारी दिए ।

‘बाहिर देख्दा मात्र आकस्मिक देखिएको मात्र हो । क्वात्रा राजदूत हुँदा उहाँले भारत भ्रमण मिलाउने प्रयास गर्नुभयो । पछि उहाँ विदेश सचिव नियुक्त भएपछि मलाई समय कहिले मिलाऊँ भनेर सोध्नु भयो । मैले जुलाई १५ तिर राख्नु न भनेँ । अहिले यही समयमा भारत भ्रमण तय भएको हो,’ प्रचण्डले भने ।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारलगायतका विषयमा कुराकानी हुने जानकारी दिएका उनले चीन भ्रमणमा पनि चाँडै नै जाने जानकारी दिए ।

चार दिने नेपाल भ्रमण सकेर हालै स्वदेश फर्किएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिँदै प्रचण्डले आफू चीन भ्रमणमा आउने वचन दिएको बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : २५ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा