नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय « Khabarhub

नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । झन्डै एक दशकअघिदेखि रोकिएको नेपाल–चीन सीमा मामिला परामर्श बैठक नियमित रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णयसमेत गरेको छ ।

बैठकले सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने, पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने, विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा नेपाल सहभागी हुने, नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने, पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने, नेपाली इँटा व्यवसायीको दुई पक्षीय परामर्श संयन्त्र स्थापित गर्ने, नेपाल र मोरक्कोको दुई पक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने,राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने निर्णयसमेत गरेको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ४४ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ