देश/प्रदेश

थप २२९ जनामा कोरोना संक्रमण

By खबरहब

July 15, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप नेपालमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परीक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परीक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।