ओ‌ली र देउवाको फोटो राख्दै बालेनको आक्रोश- अब खुलामञ्च पनि कार्यकर्तालाई दिन्छन् « Khabarhub

ओ‌ली र देउवाको फोटो राख्दै बालेनको आक्रोश- अब खुलामञ्च पनि कार्यकर्तालाई दिन्छन्


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेकामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आक्रोश पोखेका छन्।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेपछि यसलाई कार्यकर्ता पोस्नका लागि ल्याइएको जिकिर बालेन गरेका छन् ।

‘अब खोला मात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’, उनले भनेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरिसकेका छन् । सोमबार नै चारवटा अध्यादेश जारी भएकोमा बुधबार भूमिसम्बन्धी पनि जारी भएको हो ।

चारवटा अध्यादेशबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर सिंहदरबारमा जानकारी दिँदै गर्दा शीतल निवासले भूमिसम्बन्धी अध्यादेश जारी गरेको हो । यो अध्यादेश राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेका थिए ।

तर प्रधानमन्त्री ओलीले फोन गरेर विवादित विषयहरू मिलाएर लैजाने आश्वासन दिएसँगै रोकिएको उक्त अध्यादेश पनि जारी भएको हो ।

पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको शीतल निवासले बुधबार उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : १२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार