उपसभामुखमा पुष्पा भुसाल निर्वाचित  « Khabarhub

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । 

प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत परेको थियो भने एक मत तटस्थमा खसेको सभामुख सापकोटाले जानकारी दिए । 

प्रमुख प्रतिपक्षी दल एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो । भुसालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो । 

उनी भुसालसँग पराजित भएकी हुन् । विद्याको पक्षमा एमाले र राप्रपाको समर्थन रहँदा नेपाल मजदुर किसान पार्टी भने उपसभामुख चयनमै तटस्थ बसेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ०३ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको