फुटबलर एन्जिलालाई लिनिङको साथ « Khabarhub

फुटबलर एन्जिलालाई लिनिङको साथ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी  गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । ललितपुरको एक रेस्टुरेन्टमामा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो । सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलरक्षक समेत रहेकी एन्जिला र लि निङका सिईओ राज महर्जनले हस्ताक्षर गरे । 

सम्झौतासँगै एन्जिलाले पहिलो वर्ष ट्रयाक सेट पाँच थान, टिसर्ट पाँच थान, जुत्ता पाँच थान र मोजा पाँच थान  प्राप्त गर्नेछिन् । एन्जिलाले यस अवसरमा आफू खुसी भएको र यो सहयोगले झनै खेल्न हौसला हुने बताइन् । 

‘अवसर पाउँदा खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई समेत सहयोग गर्दिनू होला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,’ एन्जिलाले भनिन् । 

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य सरिला श्रेष्ठ, पूर्व उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थित थियो  ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : २५ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा