समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल « Khabarhub

समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउनका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताएकी छिन्।

उपसभामुखमा विजयी भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भएको र संसद्को सबै पदहरूले पूर्णता पाएको भन्दै आफूले जिम्मेवारीपूर्वक पदीय दायित्व पुरा गर्ने बताएकी हुन् । उनले संसद्को सबै पदहरूले पूर्णता पाउनु संविधानको पक्षधर र लोकतन्त्रवादीहरूका लागि खुसीको दिन भएको बताइन्।

उपसभामुख भुसालले संवैधानिक परिषद्को सदस्यको रूपमा समेत आफूले इमानदारीपूर्वक र समन्वयनकारी तवरले भूमिका निर्वाह गर्ने जिकिर गरिन्।

उनले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरिन्।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : १४ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका