प्राधिकरणले सुरु गर्‍यो १० वर्षे विपद् न्यूनीकरण महा-अभियान  « Khabarhub

प्राधिकरणले सुरु गर्‍यो १० वर्षे विपद् न्यूनीकरण महा-अभियान 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा-अभियान सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा-अभियान सुरु गरेको हो ।

कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महा-अभियानले महत्पूर्ण भूमिका खेल्ने बताए ।

विपद् न्यूनीकरण महा–अभियान अन्तर्गत अब चाडै नै राष्ट्रिय एवं स्थानीय विपद् जोखिम न्यूनीकरण स्वयंसेवकहरूको दस्ताको गठन गरी हरेक गाउँ र वडाहरूमा स्थानीय विपद् जोखिम न्यूनीकरण जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न लागिएको पोखरेलले बताए ।

कार्यक्रममा सहभागी व्यवस्थापन विज्ञ प्रमोद शर्माले कठिन आर्थिक परिस्थितिका बेला आएको महा-अभियानले नेपालका विकटभन्दा विकट क्षेत्रमा विपद् जोखिमबाट दैनिक रुपमा प्रभावित युवाहरूलाई समेटी स्थानीय प्रकोप न्यूनीकरण गर्ने कार्यमा कोशे ढुंगा हुने जनाए ।

कार्यक्रममा सहभागी नेपाल रेडक्रस सोसाइटीकी प्रतिनिधि मोना अर्यालले देवकोटाले महाअभियानमा नेपाल रेडक्रसका सम्पूर्ण स्वयंसेवकहरू लगायत देशका विभिन्न क्षेत्रका युवाहरूले साथ दिने बताइन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ४२ बजे

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।