प्राधिकरणले सुरु गर्‍यो १० वर्षे विपद् न्यूनीकरण महा-अभियान  « Khabarhub

प्राधिकरणले सुरु गर्‍यो १० वर्षे विपद् न्यूनीकरण महा-अभियान 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा-अभियान सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा-अभियान सुरु गरेको हो ।

कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महा-अभियानले महत्पूर्ण भूमिका खेल्ने बताए ।

विपद् न्यूनीकरण महा–अभियान अन्तर्गत अब चाडै नै राष्ट्रिय एवं स्थानीय विपद् जोखिम न्यूनीकरण स्वयंसेवकहरूको दस्ताको गठन गरी हरेक गाउँ र वडाहरूमा स्थानीय विपद् जोखिम न्यूनीकरण जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न लागिएको पोखरेलले बताए ।

कार्यक्रममा सहभागी व्यवस्थापन विज्ञ प्रमोद शर्माले कठिन आर्थिक परिस्थितिका बेला आएको महा-अभियानले नेपालका विकटभन्दा विकट क्षेत्रमा विपद् जोखिमबाट दैनिक रुपमा प्रभावित युवाहरूलाई समेटी स्थानीय प्रकोप न्यूनीकरण गर्ने कार्यमा कोशे ढुंगा हुने जनाए ।

कार्यक्रममा सहभागी नेपाल रेडक्रस सोसाइटीकी प्रतिनिधि मोना अर्यालले देवकोटाले महाअभियानमा नेपाल रेडक्रसका सम्पूर्ण स्वयंसेवकहरू लगायत देशका विभिन्न क्षेत्रका युवाहरूले साथ दिने बताइन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ४२ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान