एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ : डा. पुकारचन्द्र श्रेष्ठ | Khabarhub Khabarhub

एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ : डा. पुकारचन्द्र श्रेष्ठ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ ।  नेपाल  प्रेस इस्न्टिच्युटले आज आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अंग प्रत्यारोपण गर्न सकिने बताए । 

उनका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अंग प्रत्यारोपण गर्न सकिन्छ । ‘एक जनाको मस्तिष्क मृत्युको विभिन्न अंग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,’ उनले भने, ‘खरानी भएर जाने वा गाडेर सकिने अंग दान गर्दाखेरि कसैले पुनः जीवन पाउन सक्छन् र अंग पनि त्यो व्यक्तिमा गएर बाँचिरहने भयो ।’

नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपश्चात् अंग दान गर्न हिच्किचाइरहेका छन् । जबकी अंगदान गर्दा अंग बिग्रेका व्यक्तिले पुनः जीवन पाउने उनको भनाइ छ । केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उनले जानकारी दिए । मस्तिष्कका मृत्यु व्यक्तिको अंगबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।

हालै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपश्चात् अङ्गदान गर्ने घोषणा गरिसक्नु भएको छ । केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिष्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन् । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले मस्तिष्कघात पछि अंगदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताए । आफूले पनि अंगदान गरिसकेको जानकारी दिँदै उनले अंगदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताए । ‘मैले पनि मस्तिष्क घातपछि अंगदान गर्ने घोषणा गरिसकेको छु । समाजका मानिसलाई अंगदानसम्बन्धी सचेत गराउनुपर्ने छ । अंगदानको महत्व धेरै छ’, उनले भने ।   

मन्त्रालयका सचिव डा रोशन पोखरेलले अंगदानबारे जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले  सातवटै प्रदेशमा  मिर्गौला प्रत्यारोपण पुर्‍याउने तयारी गरिएको बताए । वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताए । उनले मस्तिष्क मरण भए पनि अन्य अंगको मरण विस्तारै हुने भएकाले अन्य अंगलाई निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न सकिने बताए । 

‘मस्तिष्क मरणसँगै हरेक अंग मर्दै जान्छ । ह्वात्तै मानिस मर्दैन । सबै अंग मरेपछि मस्तिष्क मरण हुन्छ’, उनले भने, ‘मस्तिष्क मरण भए पनि अंग बाँचेको हुनाले अंग निकालेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।’ उनले अंगदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताए । ‘धार्मिक अग्रजलाई अंगदानसम्बन्धी जनचेतना जगाउनुपर्दछ’, उनले भने, ‘क्रिश्चियनले पनि अंगदान गरेको पाइन्छ । धार्मिक नेतालाई अगाडि सारेर जनचेतना जगाउँदा अंगदान गर्ने मानिस बढ्न सक्छ ।’ 

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कपिल काफ्लेले मूलधारका पत्रिकाले स्वास्थ्यका समाचारलाई प्राथमिकता नराखेको बताए । उनले स्वास्थ्य पत्रकारिताको विषयमा तालिम सञ्चालन गरेर अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्नुपर्ने बताए । वरिष्ठ पत्रकार भैरव रिसाल अंगदान जस्तो विषयलाई जनचेतना जगाई सबैलाई अंगदान गर्न उत्प्रेरित गर्नुपर्ने बताए । वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी स्वास्थ्य संवेदनशिल कुरा भएकाले खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले ज्येष्ठ नागरिकलाई जिउने वातावरण तयार गर्नुपर्ने बताए । उन शहरभन्दा गाउँघरतिर स्वास्थ्य सेवा पुर्‍याउन आवश्यक रहेको बताए । इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेतीले आँखा दानमा जस्तै अन्य अंगको दान पनि सजिलो बनाउन आवश्यक रहेको बताए । 

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले केन्द्रमा गरिएको अंग प्रत्यारोपण ९९.९ प्रतिशत सफलता प्राप्त गरिएको बताए । उनले अंगदानका लागि सचेतना फैलाउन सके सबैले अंगदान दिनसक्ने बताए । ‘परिवारको सदस्य रोगी भएर सारा परिवार रोगी जिन्दगी बिताउनुभन्दा अंगदान गरेर त्यो रोगीलाई निको पार्ने बित्तिकै सारा परिवार र समाज सुखी हुन्छ । राष्ट्रको सम्पत्ति जोगिन्छ ।’, उनले भने, ‘राष्ट्रलाई उत्पादनशिल नागरिक उत्पादन हुन्छ ।’

श्रेष्ठका अनुसार पुरुषभन्दा महिलाले मिर्गौला प्रत्यारोपण बढि गरेको छन् । पुरुषमा ८० प्रतिशत मिर्गौला लिएको र २२ प्रतिशतले दिएको तथा महिलामा २० प्रतिशत मिर्गौला लिएको र ७८ प्रतिशतले दिएको केन्द्रको तथ्याङ्क रहेको छ । उनले मिर्गौला बिग्रेको ९० प्रतिशत भएपछि मात्र थाहा पाउने भएकाले वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनसमेत आग्रह गरे। उनले मिर्गौला डायलासिसभन्दा प्रत्यारोपण गर्दा मानिस स्वच्छ र आर्थिकरूपमा सस्तो पर्ने बताए । उनका अनुसार दुई वर्षको डायलासिसले एक वटा प्रत्यारोपण गर्न सकिने छ । 

सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । सरकारले प्रतिबिरामी पाँच लाख ५० हजार दिने गरेको छ । हाल नेपालमा ७५ वटा डायलासिस केन्द्र रहेका छन् । नेपालमा वर्षेनी तीन हजार मिर्गौलाका बिरामी थपिने गर्छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ४५ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन